लोकमानको पछि पछि गुप्तचर विभाग

पोखरा, १८ भाद्र/अहिले पछिल्लो समयमा चर्चा रहेको संस्था हो अख्तियार । देशमा बढ्दो भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति हुनासाथ चर्चामा आएका प्रमुख आयुक्त लोकमानसिंह कार्की नेता तथा सरकार भन्दा चर्चामा छन् ।कार्कीले प्रहरीलाई घुस लिदा लिदै, विद्युत प्राधिकरणको ट्रान्सर्फमर घोटला कान्ड, अध्यागमन, श्रम, नापी, भूमिसुधार जस्ता सर्वसाधारण जनताको प्रत्यक्ष सरोकार राख्ने निकायमा धावा बोले । जसका कारण दर्जनौ भ्रष्टाचारीहरु यतिखेर अख्तियारको थुनामा छन् ।
lokman-singha-karkiतर, भ्रष्टाचार नियन्त्रण गर्ने प्रण बोकेका कार्की भने यतिखेर जासुसी संस्थाको प्रत्यक्ष निगरानीमा रहेको र त्यस्ता संस्थाका एजेन्टमार्फत कार्कीको सूचना चुहिन थालेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग स्रोतले जनाएको छ । जनै पूणिर्माको दिन बेलुका पाँच बजे जेट एयरमार्फत भारत रहेका पाइलट बाबालाई भेट्न भारत गएका कार्कीको विषयमा कुनै सुचना नपाएको गुप्तार विभागले भने भारतीय जासुसी संस्था ‘रअ’ का नेपाली एजेन्ट तथा नेपाली राजनीीतमा अक्टोपसको उपाधि पाएका अमरेशकुमार सिंहलाई कार्कीले भेट्ने गरेको सूचनाको आधारमा रिर्पोट तयार पारेको स्रोतलाई उल्लेख गर्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकमा खबर छ ।
त्यस्तै प्रमखु आयुक्त कार्कीले स्वामी कमलनयनर्चालाई भेट्ने गरेको रिपोर्ट पनि विभागले तयार पारेको स्रोतको दाबी छ । ‘पछिल्लो समयमा राजनीतिक हल्लाकै भरमा रिर्पोट बनाएर गुप्तचर विभागले अख्तियारको नकारात्मक सन्देश प्रवाह गर्न खोजेको देखिन्छ ।’ विभागकै एक उच्च अधिकारीले असन्तुष्टि पोख्दै भने । यता विभागले भने अख्तियारमा राअका डीएसपीको कमाण्डमा ८ जना कर्मचारी नै पठाएको छ।

कमेन्टहरु
Loading...