पोखरा, २४ माघ /मन्थलीमा जारी रामेछाप सिभिल च्याम्पियनसिप तथा चौथो रामेछाप पुरुष भलिबलको लिग चरणका खेल बुधबार सकिएका छन् । च्याम्पियनसिपमा प्रदेश नं १, गण्डकी प्रदेश, नमूना दीप युवा क्लब रामेछाप र शान्तिदीप युवा क्लब रामेछाप समुह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको समुह ’क’ अन्तरगतको प्रदेश नम्बर ३ र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई २६–२४,२५–९,२५–१९ अंकको सोझो ३ –० सेटले पराजित ग¥यो । गण्डकी प्रदेश समुह विजेता बन्यो ।
समूह ’ग’ अन्तरगतको प्रदेश नम्बर २ र नमुना दीप युवा क्लब रामेछापबीच भएको दोस्रो खेलमा नमुनादीपले प्रदेश नम्बर २ लाई २५–१९,२५–२३,२५–१२ अंकको सोझो सेटले पराजित ग¥यो ।
क्वाटर फाइनल खेलमा गण्डकी प्रदेश र दुई नम्बर प्रदेश, एक नम्बर प्रदेश र प्याराडाइज युवा क्लब, नमुनादीप युवा क्लब र तीन नम्बर प्रदेश, शान्ति दीप युवा क्लब र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।
शनिबार सम्पन्न हुने रामेछाप सिभिल च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टीमले शिल्डसहित क्रमशः तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त गर्ने छन् ।