पोखरा, १७ भाद्र/नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीले सोमबार नेकपा एमालेका कास्कीका अध्यक्ष मानबहादुर जिसीलाई एक ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्र बुझाउदै महासंघले संघीयता विरोधी र पहिचान सहितको माग गर्दै वर्ग लिङ, र उत्पीडित जातिको वर्ग भएकाले आफ्ना माग अगाडि सारेको हो ।
आदिवासी जनजाति महासंघ कास्कीले क्षेत्र नं. १ मा मनबहादुर गुरङ, क्षेत्र नं. २ मा गजकुमारी गुरुङ र क्षेत्र नं. ३ मा नेकपा उमालेका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ प्रत्यक्षतर्फ उमेद्वार बनाउन आग्रह गरेको छ । त्यसै गरी समानुपातिकतर्फ कूल जनसङ्ख्या मध्ये ३७ प्रतिशत आदिवासी जनजाति हुने माग गरेको हो ।
ज्ञापनपत्रमा समानुपातिकमा बेदबहादुर गुरुङ, टेकबहादुर गुरुङ, क्या. लालकाजी गुरुङ, मदनकाजी श्रेष्ठ, गोविन्द कुमार श्रेष्ठ, मनबहादुर गुरङ, देवकाजी गुरङ, श्रीप्रसाद गुरुङ, पूर्ण लामा, सुरेन्द्र गुरङ, मन्जु गुरङ, मिना गुरुङ, दर्शन लामा, सरिता कुमाल, मानबहादुर भुजेल, प्रेम थापा, पेचबहादुर गुरुङ, नगेन्द्र गुरुङ र गणेश पाख्रिन तामाङलाई समानुपातिकमा नाम अगाडि सारेको छ । नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले ज्ञापनपत्र बुझ्दै आदिवासी जनजातिको मागमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)