बिच भलिबलमा पश्चिमाञ्चलको दोस्रो जित

पोखरा, ३० असोज/पोखराको फेवाताल किनारमा आयोजित तेस्रो राष्ट्रिय विच भलिबल प्रतियोगिता अन्तर्गत शसस्त्र प्रहरी बलको एपीएफको दुवै टोलीले जित दर्ता गरेका छन् । बाराही घाटस्थित विच भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा एपीएफको एले पुर्वाञ्चल बीलाई २१–११, २१–११ को सोझो सेटले पराजित गरेको छ । त्यसैगरी एपीएफकै बी टोलीले सुदुरपश्चिमको बी टोलीमाथि पनि २१–१२, २१–१७ को सेटले पराजित गर्दै क्र्वाटरफाईनको यात्रा ढुक्क बनाएको छ ।

पश्चिमाञ्चलको टोलीले पनि आफनो दोस्रो जित निकालेको छ । उदघाटन समारोहमा पहिलो खेल जित्दै आत्मबल बलियो बनाएको घरेलु टोलीले मंगलबारको खेलमा मध्यपश्चिमलाई मात खुवाएको छ । २१–८, २१–९ को सोझो सेटले पराजित गर्दै क्र्वाटरफाईनलमा आफनो स्थान पक्का बनाउन अग्रसर बन्यो ।

यसैगरी सुदुरपश्चिमले पुर्वाञ्चलको ए टोलीमाथि तीन सेटमा पन्छाएको छ । पहिलो सेट २०–२२ को स्थितिमा गुमाएको सुदुरपश्चिमले क्रमश दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै २१–११ र १५–८ को सेटले पराजित गर्दै क्र्वाटरफाईनलको ढोका खोलेको छ । नेपाल पुलिस क्लबले विश्वविद्यालयको टोलीलाई सहज रुपमा पन्छाउने क्रममा २१–२, २१–८ को सेटले पराजित गरेको थियो ।

कमेन्टहरु
Loading...