पोखरा, २१ माघ/पोखराकै खेलकुल इतिहासमा गर्विलो प्रतियोगिता टेनिसको सर्वोच्च निकाय(आईटिफए)को यु –१८ ग्रेड फाईभ च्याम्पियनसिप शुरु भएको छ । पहिलो दिन सोमबार प्रतिस्पर्धामा सहभागि नेपाली खेलाडीहरु विभिन्न देशका खेलाडीसँग पराजित हुदैं दोस्रो सर्किट कुरेका छन् ।
वाईल्ड कार्ड मार्फत प्रतियोगितामा सहभागिता जनाएका पुरुष तर्फ आर्यन गिरी भारतीय खेलाडी अनुराग अग्रवाल(३)सँग सोझो सेटमै पराजित हुदैं पहिलो सर्र्किटलाई टुग्याए । अग्रवालले गिरीलाई ६–३, ६–० को सेटले पन्छाए । नेपाली खेलाडी प्रनव खनाल भने हङकङ(७)का खेलाडी कायले लक यनताङसँग ६–३, ६–१ को सेटमा किनारा लागे ।
अर्का वाईल्ड कार्ड प्राप्त अभिनव आचार्य भने चीनका खेलाडीसँग पराजित हुदैं सर्किट २ को लागि बसेका छन् । चेन लियाङले आचार्यलाई पन्छाउने क्रममा ६–१, ६–१ को सेटको नजिता निकाले । त्यसैगरी अर्को खेलमा भारतीय खेलाडी आदित्य बरदान रोय चौधरीले मलेसियाका खेलाडी हाईडन खु मेननलाई सोझो सेटमै पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरे । चौधरीले सोझो सेटको नजिता निकाल्ने क्रममा ६–०, ६–२ ले पराजित गरेका हुन् ।
प्रतियोगिताकै उत्कृष्ठ मानिएको खेल फिलिपिन्सका जोसे एन्टोनियो त्रिया(१)ले भारतका फायज नाश्यमलाई सोझो सेटमै पराजित गरे । पहिलो सेट ६–२ ले लिएका त्रियाले दोस्रो सेट पनि उस्तै ६–२ मै लिदाँ भने बढी समय खर्चिए । ड्युस र सर्भिस प्वाईन्टमा भएको एडभान्टेजसँगै र्यालीले दोस्रो सेट लम्बिएको थियो ।
महिला तर्फको प्रतिस्पर्धामा ईशा श्री शाह भने भारतीय खेलाडी सृष्टी धिरसँग तेस्रो सेटमा पुगेर पराजित हुदैं बाहिरिईन् । आफनो पक्षमा रहेको खेल सन्तुलन गुमाउन पुग्दा अन्तत हारको संघारबाट माथि उठ्न सकिनन् । ५–१ को स्थितिको सेटलाई भारतीय खेलाडी धिरले उल्ट्याउँदै पहिलो सेट ७–५ले आफनो पक्षमा पारिन् । तर दोस्रो सेट शाहले ६–३ कै अवस्थामा आफनो पक्षमा लिएपछि सेट निर्णायकमा पुग्यो । तर अन्तिम सेटमा भने आफनो पुरानो लयलाई कायम राख्न नसक्दा ६–३ कै अवस्थामा गुमाउँदै प्रतियोगिताबाट बाहिरिदाँ भारतीय खेलाडी धिरले जितको खुुशी मनाईन् ।
नेपालकै अर्की खेलाडी सौभाङ्गीलक्ष्मी शाह भने चीनकी जिउ झाङसँग पराजित भईन् । झाङले शाहलाई ६–०,६–२ को सेटमा पराजित गरिन् । नेपालकै प्रकृति श्रेष्ठलाई जापानकी जुलिया डाय बर्डेन(३)ले ६–१, ६–० सेटमै पन्छाईन् । चीनकै ली यु लिउ(१)ले भारतकी श्रेया चक्रबर्तीलाई भने ६–०,६–३ को सेटले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरिन् । चीनका कुङ्गलिङ जाङले नेपालका एनी माथेमालाई ६–१, ६–२ को सोझो सेटले पराजित गरिन् ।
यु–१८ ग्रेड फाईभ च्याम्पियनसिपको लागि सर्किट १ र २ को लागि विभिन्न देशका ४३८ खेलाडीले आवेदन दिएका थिए । जसमध्ये २२० खेलाडीले क्वाईलिफाईङ र मेन ड्रमा सहभागि छन् । १८ देशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए । उनका अनुसार विजेता खेलाडीले अंक पाउने छन् । सर्किट १ र २ मा पाएको अकंको आधारमा खेलाडीहरुको बरियता निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना, नेपाल टेनिस संघको संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापन आयोजित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विकले उदघाटन गरे ।