सराङकोट साप्ताहिक पाचौँ बर्षमा प्रवेश

भदौ १७ पोखरा/निष्पक्ष सक्रियताको अभ्यासको मूल मन्त्रलाई सिरोपर गर्दै प्रकाशन आरम्भ भएको सराङकोट साप्ताहिक पाचौँ वर्षमा प्रवेश गरेको छ । खोजमूलक खबरलाई प्रमुखरुपले प्रकाशन गर्दै आएको सराङकोटले सुशासनका पक्षमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको पत्रिकाका सम्पादक यदुनाथ बञ्जराले बताए । विगत ४ बर्षमा आफ्नो पत्रिकाले उठाएका विषयवस्तुहरुले विधिको शासनको पक्षमा टेवा मिलेको दाबी गरे ।
खोज पत्रकारिता पेशामा बढी जोखिम व्यहोर्नु परेपनि देश र जनताका पक्षमा त्यसले सेतुको भूमिका निर्वाह गर्ने हुँदा आत्मासन्तुष्टि मिलेको सम्पादक बञ्जराले बताए । छातिमा एक मुठी सास रहेसम्म निष्पक्ष ढंगले खोज पत्रकारिता जारी राख्ने उनले बताए ।
पत्रिकाले खोज पत्रकारिताको अलावा आर्थिक, कृषि, खेलकुद मनोरञ्जन लगायतका सम्पूर्ण पक्षमा कलम चलाउने बताइएको छ । मोफसलबाट प्रकाशित पत्रिकाहरु मध्ये निरन्तर प्रकाशन भएको सराङकोट प्रेस काउन्सिल नेपालको वर्गीकरणमा ख श्रेणीमा वर्गीकृत भएको छ ।

कमेन्टहरु
Loading...