पोखरा, २० माघ /नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले हालै नव निर्वाचित प्रदेश तथा केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा नव निर्वाचित केन्द्रिय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले आफु पुस्तक तथा स्टेशनरी व्यवसायीहरुका समस्याहरुलाई समाधन गर्नका काम गर्ने प्रतिवद्दता प्रकट गर्दे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की नेपालकै उत्कृष्ट शाखा भित्र पर्ने भएकाले कास्की शाखाका व्यवसायी साथीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रिय उप महासचिव रामदेव पाण्डेले व्यवसायी साथीहरुलाई मिलेर आफ्नो व्यवसाय गर्नु पर्ने वताए । केन्दिय सचिव शिवसागर शर्माले पुस्तक व्यवसायीहरुका धेरैन समस्याहरु रहेकोले व्यवसायीका समस्याहरु सरकारले सुन्नुपर्ने वताए । कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले पुस्तक व्यवसायीहरु सधैन दोहोरो मर्कामा पर्ने भएकोले यस तर्फ ध्यान दिनु पर्ने वताए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटाले कास्की शाखालाई अझ उत्कृष्ट काम गरेर अगाडि लैजाने वताउदै सवै व्यवसायी साथीहरुको सयोगको आशा राखेको वताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका प्रथम उपाध्यक्ष बैकुण्ठ पौडेलले स्वागत मन्तव्य रोको उक्त कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष जगदीश गोैतम, लेखनाथ उघोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी जिल्ला शाखा स्याङजाका अध्यक्ष किसान श्रेष्ठ लगाएतले बोलेका थिए । सम्मान कार्यक्रम तथा रमाइलो वनभोज कार्यक्रममा रमाइलोको लागी विभिन्न खेलकुद कार्यक्रम समेत राखिएको थियो । कार्यक्रम संयोजक तथा कास्की शाखाका कोषाध्यक्ष राम प्रसाद अधिकारीले धन्यवाद प्रकट गरेको कार्यक्रमको सन्चालन सचिव गोविन्द गौतमले गरेका थिए ।