तल्ला तहसम्म एकता प्रकृया टुङ्गिन नसक्दा कार्यकर्तामा अन्योल : नेकपा नेता अधिकारी

पोखरा , १९ माघ /नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता एवं संघिय सांसद खगराज अधिकारीले पाटीका तल्ला तहसम्म एकता प्रकृया टुङ्गिन नसक्दा कार्यकर्तामा अन्योल छाएको बताएका छन् ।पोखरामा शनिबार नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले पाटी एकताको बिषयमा कार्यदल माथी कार्यदल बनाउने काम मात्रै भएको तर तल्ला तहसम्म एकता हुन नसक्दा नेता र कार्यकर्ता बिच दुरी बढ्दै गएको बताएका हुन् ।

जिफन्ट गण्डकी प्रदेशको अगुवा कार्यकर्ता भेला

समाजबाद साम्यबाद के भन्ने लगायतका रणनितिक लक्षलाई टुङ्गाउने काममा अहिले कार्यदल जुटेको उनको भनाई थियो ।पाटी भित्रको गुट अन्त्य हुनु पर्नेमा जोड दिदै नेता अधिकारीले भन्ने मात्रै नभई यसलाई ब्यवहारमै कार्यन्यवन गर्न जरुरी रहेको बताए । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले नेताका नाम जोड्दैमा कुनै अस्पताल ठुला नहुने भन्दै मापदण्ड नपुगेकै कारण गिरिजा प्रसाद कोइराला र शुसिल कोइरालाको नाममा खुलेका दुई अस्पताललाई केन्द्र सरकारको मातहतमा नराखिएको भए पनि सरकारले फेरी केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेर गलत गरेको बताए ।

बाहिर आए जस्तो सरकारले केही गरेन भन्ने भनाई गलत रहेको बताउदै उनले यो कम्युनिष्टको सरकार भएकोले असफल बनाउन सकिन्छ कि भनेर केही तत्वले घेराबन्दी सुरु गरेको दाबी गरे । नेता अधिकारीले सरकारको ध्यान ठुला ठुला काम गर्न तर्फ रहेकोले साना कुराहरु छायाँमा परेको हुन सक्ने भन्दै अब देखिने गरेरै सरकार प्रस्तुत हुने पनि प्रष्ट पारेका छन् ।

जिफन्टका महासचिब जनक चौधरीले आफ्नो अधिकारका लागि श्रमिक आफै सचेत रहनु पर्ने बताउदै सरकारले हालै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र नयाँ श्रम ऐनका बिबिध पक्ष माथि प्रकाश पारेका थिए । जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद मिना गुरुङ,जिफन्टका पुर्व उपाध्यक्ष चुडामणी जङ्गली, जिफन्ट गण्डकी प्रदेशका सचिब लिला बहादुर कार्की लगायतले बोलेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशका ९ जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...