विध्यवासिनी यातायात समितिका दुई जना प्रक्राउ

गोकुल बानियाँ/पोखरा १७ भदौ । सिण्डिकेटको बिरुद्धमा पोखरामा हस्ताक्षर संकलन गर्दै हिडेका बिध्याबासिनी यातायात ब्यबशायी समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरामा सुबिधा सम्पन्न नगरबस संचालन गर्ने गरी दर्ता भएको समितिले रुट ईजाजत नपाउदा बस संचालनमा ल्याउन सकेको छैन । केहि समयअघि यातायात ब्यबस्था कार्यालय गण्डकीमा तोडफोड गरेपछि प्रहरीले वारेण्ट जारी गरेका उनिहरु काठमाण्डौमा बस्दै आएका थिए ।
आज यातायात ब्यबस्था कार्यालय संगै पृथ्बीचोकमा सिण्डिकेटको बिरुद्धमा हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको समितिका सचिब युवराज खतिवडाले बताए । पक्राउ परेका खतिवडा संगै समितिका अध्यक्ष सोम गुरुङलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । यातायात कार्यालय तोडफोडमा संलग्न भएको अभियोगमा जारी गरिएको वारेण्टको आधारमा उनिहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रशासनमा बयान लिने काम बाकी रहेकाले भोलि उनिहरुसंग बयान लिईने बताईएको छ ।
गत बर्षको कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा समिति दर्ता भएपनि सिण्डिकेटको आडमा रुट ईजाजत नदिएको उनिहरुको गुनासो छ । पुराना यातायात ब्यबशायीहरुले नया समिति दर्ता खारेजीको माग सहित बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । बिध्याबासिनी यातायात समितिले युरो ३ मोडलको एसि जडित नया नगरबस संचालनमा ल्याउने दाबि गर्दै आएको छ ।

कमेन्टहरु
Loading...