पोखरा,१७ माघ /टी –ट्वान्टी क्रिकेटमा युएईले नेपाललाई घरेलु मैदानमा १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिँए भने सोमपाल कामी र अभिनास बोहोराले १/१ विकेट लिए । अभिनासको टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू खेलमै विकेट लिएका हुन् । ४ ओभर बलिङ गरेका बोहोराले ३६ रन खर्चिएर १ विकेट लिए ।
युएईका लागि साइमन अनवारले सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै मोहम्मद उस्मानले ३० रन बनाउँदा सिपी रिजवानले २२ रन बताए । अन्तिममा मोहम्बद बोताले २० रन जोडेका थिए । अहिले नेपालले व्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म ६ ओभर खेल्दै २ विकेट गुमाएर ३६ रन बनाएको छ ।