पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोक्किदा घाईते

गन्थन डटकम
पोखरा, १७ माघ/पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा सवार चालक घाईते भएका छन् ।

विपरित दिशाबाट आइ रहेको ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाईते हुनेमा पोखरा २२ चिसापानीका २१ वर्षिय शंकर खड्का र पोखरा २२ स्तुपाका १९ वर्षिय आशिष बि.क. रहेको प्रहरीको भनाई छ । घाईते दुवै चालकको उपचार भइ रहेको प्रहरीले जानकारी दियो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...