कोकाकोला फुटबल प्रतियोगिताको फाइनल मंगलबार

पोखरा,१७ भदौ/पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीमा जारी पश्चिमाञ्चल क्षेत्रियस्तरीय कोकाकोला अन्त्तर विद्यालय छात्र÷छात्रा छनोट फुटबल प्रतियोगिता अन्र्तगत छात्रा तर्फ टप्स उच्च मावि र गण्डकी बोडिङ स्कुल फाइनल प्रवेश गरेका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा टप्स उच्च मावि पोखराले शान्ति मावि रुपन्देहीलाई टाइब्रेकरमा ४–३ गोल अन्र्तरले पराजित गदै अन्तिम दुईमा स्थान पक्का बनाएको हो । टप्सको जितमा विमला चौधरी, पुष्पा चौधरी, गिता थापा, निशा पहारीले पेनाल्टी मार्फत गोल गदै फाइनलको यात्रा निश्चित बनाए ।
त्यस्तै अन्तिम सेमिफाइनल खेलमा गण्डकी बोडिङ स्कुल पोखराले विजय सामुदायिक विद्यालय नवलपरासीलाई ४–० को फराकिलो जित निकाल्दै अन्तिम दुईमा स्थान सुरक्षित बनायो । गण्डकीको जितमा उमा कुवँरले २ गोल, सध्या श्रेष्ठ र कुसुम बस्नेतले १÷१ गोल गदै फाइनलको यात्रा पक्का बनाए । टप्स र गण्डकी बोडिङ मंगलबार विजेताका लागी प्रतिस्पर्धा गर्ने छन्। विजेता टोली पश्चिमाञ्चलको प्रतिनिधित्व गदै काडमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा सहभागि हुने छ ।
यता छात्र तर्फको पहिलो सेमिफाइनल खेलमा जन विकास मावि लम्जुङले गण्डकी बोडिङ स्कुल पोखरालाई ३–१ ले पराजित गरे पनि गण्डकी विजयी भएको छ । जनविकासले विद्यालय भन्दा बाहिर खेलाडि सहभागी गराएको भन्दै गण्डकीले एन्फा कास्कीमा उजुरी हालेको थियो । शंका लागेर गण्डकीले गोल गर्ने खेलाडिहरुको नाम माग गरेको तर जन विकासले दिन नमानेपछि उजुरी हालेको र उजुरी मािथ छानविन गर्दा विद्यालय भन्दा बाहिरका खेलाडि सहभागि भएको पाइएकोले गण्डकीलाई विजयी गराइएको एन्फा कास्कीका सचिव ओम बस्नेतले जानकारी दिनु भयो ।
छात्र तर्फको अन्तिम सेमिफाइनल खेलमा भू.पू सैनिक उच्च मावि स्याङजाले न्यू होराईजन रुपन्देहीलाई टाइबेकरमा ५–४ गोल अन्र्तरले पराजित गदै फाइनल प्रवेश गरेको छ । स्याङजाको लागी अनिलदिन मियाँ, भिष्म गुरुङ, खडगबहादुर थापा, रविन सोतीले गोल गरे ।
।प्रतियोगिता अन्र्तगत छात्र÷छात्रा दुवैको फाइनल मंगलबार (आज) पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीमा विहान दश बजेबाट हुने एन्फा सचिव ओम बस्नेतले जानकारी दिनु भयो । छात्र तर्फ दुवै टोली राष्ट्रिय कोकाकोला फुटबलका लागी पश्चिमाञ्चलबाट छनोट भएका छन् । क्षेत्रीय च्याम्यिनको छिनोफानो गर्न मंगलबार भूपू सैनिक मावि लम्जुङ र .गण्डकी बोडिङ विच फाइनल प्रतिस्पर्धा हुने छ । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने गर्र्ने छन् । भदौ १८ गते सम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चलका नौ जिल्लाका छात्र ११ र छात्रा ४ टिम गरि १५ टिमको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...