कवि र नेताको आन्दोलनमा ऐक्यवद्धता

पोखरा, ३० असोज/ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन पोखरा विमानस्थलमा थालिएको रिले अनसन आज पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ५ सय ३० जना अनसनमा बसिसकेका छन् । पोखरेलीले विमानस्थ्ल माग्दै थालेको आन्दोलनमा कवि र नेताहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

राष्ट्र कवि माधव घिमिरे, पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा, एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारी, एमालेका पोलिटव्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङ र युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले अनसनस्थलमा पुगेर ऐक्यवद्धता जनाएका छन् । उनीहरुले पोखरेलीको माग जायज भएको र पोखरामा विमानस्थ्ल बन्नुपर्ने बताए ।

चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णको लागि ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा भएको अनेक बहानाबाजी र सरकारी उदासिनताले विमानस्थल निर्माणको कामले मुर्तरुप नपाएपछि आन्दोलनलाई जारी नै राखिएको छ ।

२०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको थियो । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै बृहत जन प्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...