पोखरा, १६ माघ /नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
एपीएफले पश्चिमाञ्चलमाथि २५–१७, २५–१८ र २५–२१ को सहज जित निकाल्दै लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । एक खेल बढी खेलेको पुलिससँग अंक बराबरी रहेपनि हेड टु हेडमा एपीएफ अघि रहेको हो । अपराजित रहेको एपीएफको ८ खेलबाट २४ अंक पुगेको छ । एपीएफसँग पराजित पुलिसको ९ खेलबाट २४ अंक रहेको छ ।
मंगलबारै पुलिसले चितवन टाइगर्समाथि २५–६, २५–२१ र २५–१३ को जित निकाल्यो । अर्काे खेलमा आर्मीले सामाखुशी इंग्लिल बोर्डिङ स्कुल (सेव) माथि २५–,२२, २५–२१ र २५–१० को सहज जित निकाल्यो । अर्काे खेलमा पश्चिमालले श्रीगाँउ खेलकुद विकास समिति दाङमाथि ३–० को सहज जित निकाल्यो ।
पश्चिमाञ्चलले श्रीगाँउमाथि २५–१३, २५–१४ र २५–९ को सहज जित आत्मसात ग¥यो । वर्षाका कारण मंगलबारको लागि तय भएको एपीएफ र चितवन टाइगर्सबीचको अन्तिम खेल हुन सकेन ।
दोस्रो राउन्ड सुरु हुदा एपीएप २४ अंकसहति शीर्ष स्थानमा, पुलिस २४ अंकसहति दोस्रो तथा आर्मी २१ अंकसहित तेस्रो स्थानमा छ । १६ अंक जोडेर पश्चिमाञ्चल चौथो, ११ अंकसहित सेव पाँचौ, १० अंकसहति श्रीगाँउ छैटौ र ८ अंक जोडेर चितवन सातौ स्थानमा रहेको छ । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।