पोखरा, १७ भाद्र/जुवामा पैसा हारेपछि चितवनका एक जनाले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले अपहरणमा परेको भन्दै श्रीमतसिँग ५० लाख फिरौती मागेको आजको नयाँ पत्रिकामा समाचार छ ।
उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ ।प्रहरीका अनुसार वलीले केही दिनअघि जुवामा करिब तीन लाख रुपैयाँ हारेका थिए । पैसा हारेपछि उनले आफन्तबाट पैसा उठाउन खोजेका हुन् । सालो अस्ट्रेलियामा रहेकाले अपहरणमा परेको भनेपछि पैसा पठाइदिने विश्वासमा उनले आफू अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरेका थिए ।
शुक्रबार दिउँसो एक बजे उनले आफूलाई चार व्यक्तिले अपहरण गरेको भन्दै श्रीमतीलाई फोन गरेका थिए । ५० लाख नदिए आफूलाई मारिदिने धम्की दिएको भन्दै नाटक गरेका थिए ।श्रीमतीले इन्भेस्टमेन्ट बैंकको खातामा ५ लाख रुपैया हालिदिए पछि उनी आफैं लिन गएका बेला पक्राउ परेक थिए ।
