काठमाडौं, १४ माघ /राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा तालिका अनुसार २०७६ बैशाख १५ देखी सुरु हुने कक्षा १२ को परीक्षा बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा बैशाख २९ बाट जेठ ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
