सन्तोष सुबेदीको झ्याउरे गीत ‘शिरीशिरी बतास’ सार्वजानिक

पोखरा, १४ माघ /पत्रकार तथा गायक सन्तोष सुवेदी र गायिका सुनिता गिरीको स्वरमा नयाँ गीत सार्वजानिक गरिएको छ । ‘शिरीशिरी बतास’ नामक मौलिक झ्याउरे गीतको शब्द दीपक अधिकारीले लेखेका हुन् । गीतमा गायक सन्तोष सुवेदीले लय सिर्जना गरेका छन् ।

गीतलाई गोर्खा चौतारी म्युजिक प्रालिले बजारमा व्यवस्थापन गरेको छ । शिव परियारले निर्देशन गरेको भिडियोमा चर्चित मोडल महेन्द्र गौतम र नवमोडल स्मृति खवासले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले खिचेको गीतमा नविनघर्ति मगरले सम्पादन गरेका छन् ।

छोटो समयमा गीतलाई दर्शक स्रोताले मन पराएको प्रतिक्रिया गायक सुवेदीको रहेको छ । गायिका गिरीले गीतबाट सन्तुष्टी मिलेको बताइन् । सर्जक अधिकारीले झ्याउरेमा मौलिक शब्द समावेश गरिएको सुनाए ।

https://www.youtube.com/watch?v=H_3ZLY23HjI

सन्तोष सुवेदीको मोडल चन्दासँग आँखा जुधेपछि…..(भिडियो सहित)

सुवेदीको बजारमा ‘हाई.. हाई.. हाई’ (भिडियो सहित)

कमेन्टहरु
Loading...