को बन्ला सानो परि–सानो बाबु २०१३

पोखरा, १७ भाद्र/नवौं संस्करणको “सानो परि एण्ड सानो बाबु २०१३” ट्यालेन्ट कन्टेस्टको ट्यालेन्ट राउण्ड नेपाल मगर संघ कास्कीको भवनमा शनिवार सम्पन्न भएको छ । जीत हाम्रोको आयोजनामा भएको उक्त कार्यक्रममा ६० जना नानी बाबुहरुले नृत्य, गायन, स्पिच, कबिता, चित्रकला, अभिनय जस्ता आफ्ना बिभिन्न प्रतिभाहरु प्रस्फुटन गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष एवं साहित्यकार सरस्वती ‘प्रतिक्षा’, सञ्चारकर्मी एवं संगीतकार अभिशेक लामा, नृत्य निर्देशक तथा पोखरा कला केन्द्रका संञ्चालक राहुल थापामगर र आई.टि.एफ. पश्चिमाञ्चल डोजाङ्ग प्रमुख थम्मन बुढामगर रहनुभएका थिए भने कार्यक्रमको संञ्चालन संञ्चारकर्मी एवं कोरियोग्राफर सुरज थापामगर र रेखा पुरीले गरेका थिए ।sano babu
भदौ १ गते देखि शुरू भएको कार्यक्रमको प्रशिक्षण अवधिभरमा प्रतिस्र्पर्धीहरुको फोटो सेशन र शैक्षिक अवलोकन भ्रमण, एक दिने रमाइलो क्याम्प र सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न भएको र आगामी भदौको २२ गते शनिबार मध्यान्न १२ः३० बजे देखि अन्तिम प्रतिस्पर्धा पोखरा सभागृह हलमा बिबिध सांगीतिक कार्यक्रमहरुको साथमा हुने जीत हाम्रोका प्रबन्ध निर्देशक राजेश जोशीले बताए ।
प्रतियोगितामा नानीहरु तर्फ फोर्ट रनरअप सम्मका पाँच जनाले नै क्राउन पहिरिने छन् भने बाबुहरु तर्फ पनि पाँचै जनाले मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा अन्य बिभिन्न बिद्याका सब टाईटलहरु प्रदान गरिनुका साथै बिजेताहरुले नगद सहित क्राउन, मेडल र अन्य पुरस्कारहरु पनि पाउनेछन् ।

कमेन्टहरु
Loading...