पोखरा माघ १३ /स्याङजाको विरुवा गाउपालिका २ मोचाबारीमा रहेको जामुनेडांडा माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा वागवानी विज्ञान र मातृभाषाको शिक्षा प्रदान गर्नका लागी आयोजित महायज्ञ सम्पन्न भएको छ । गत माघ ३ देखी ११ गते सम्म आयोजित महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद दीपक चर्ती मगरले भोलीका लागी नभइ आजैका लागी काम हुने सीप मुलक र ब्यवहारिक शिक्षानै अहिलेको आवश्यक्ता रहेको वताए । सुचना र प्रविधीले विश्वनै सांघुरो भइरहेको सन्दर्भमा अझैपनि नेपालमा ब्यवहारिक र सीपमुलक शिक्षा प्रदान भइनरहेको सन्दर्भमा स्याङजाको ग्रामीण भेगमा रहेको विद्यालयमा प्राविधीक शिक्षा र मातृभाषको शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञले शिक्षा क्षेत्रमा ठूलो भुमिका खेल्ने वताउदै चर्ती मगरले अहिले सम्म सरकारको ध्यान नपुगेतापनि वर्तमान सरकारले आफ्नो निती तथा कार्यक्रममा समावेश गरिसकेकोले अवको शिक्षा सीपमुलक र स्वरोजगारमुलक हुने वताए ।
मातृभाषा कक्षा सञ्चालन चुनौतीपूर्ण भएपनि मातृभाषको शिक्षा अहिलेको आवश्यक्ता रहेको र मातृभाषामा शिक्षा प्रदान गर्न सके यहांको समुदायको शिक्षामा गुणस्तरीयता बढ्ने र मातृभाषको समेत संरक्षण हुने मगरको भनाइ रहेको थियो । मातृभाषा कक्षा सञ्चालनका लागी सम्पूर्ण राजनैतिक दल, संघ सस्था, समाजसेवी, बुद्धिजिवीको सहकार्य आवश्यक रहेको वताउदै मगरले बिकसित समाजको निर्माणका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए । सो अवसरमा वोल्दै जामुनेडांडा माविका प्रध्यानाध्यापक राम चन्द्र शर्माले ९ दिन सम्म सञ्चालन श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दानवीर, चन्दादाता, संघ सस्था, राजनैतिक दल र मिडियाकर्मी साथीहरुलाई धन्यवाद दिदै सम्पूर्णको सहयोग विना आफुहरुको उद्देश्य पुरा नहुने वताए ।
श्रीमद भागवत महायज्ञ मुल समारोह समितीका संयोजक तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तिल बहादुर गुरुङले जामुनेडांडा माविलाई नया गोरेटोमा हिड्न बाटो देखाइदिने कथावाचक मन्त्रमुक्त गरी कथा वाचन गर्ने कथा शिरोमणी पंडित दीपक प्रसाद पौडेललाई विशेष धन्यवाद ब्यक्त गरे । महायज्ञलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्दै सम्पूर्णले सहयोग गरेको रकम विद्यालयमा प्राविधीक शिक्षा वागवानी र मातृभाषा सञ्चालनका लागी खर्च गरिने समेत गुरुङले वताए ।
उक्त अवसरमा आर्थिक उप समितीका संयोजक गोविन्द थापा मगरलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियोभने महायज्ञबाट ६४ लाख नगद संकलन भएको र अझैपनि वोलेका रकमहरु आउने क्रम जारी रहेको प्रचार प्रसार संयोजक सागर थापा मगरले जानकारी दिए । विद्यालयका शिक्षक राम प्रसाद सिग्देलले सञ्चालन गरेको कार्यक्रममा विरुवा गाउपालिकाका उपाध्यक्ष देवी कुमारी थापा, विरुवा गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुद्ध बहादुर आले, आर्थिक संयोजक गोविन्द थापा मगर, मुल समारोह सदस्य थमन गुरुङ, लाकुरी डांडा आधारभुत विद्यालय प्रध्यानाध्यापक इन्द्र कुमारी थापा, देवी कुमारी थापा लगायतले मन्तब्य राखेका थिए ।