पोखरा, १६ भदौ /समाजिक परिचालन कार्यक्रम अन्तरगत सचेतना केन्द्रले एक कार्यक्रमको आयोजना गरी निर्मलपोखरी वडा नं २ मा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा समाज विकासको लागि एकता अवश्यक पर्ने भन्दै सबै महिलाहरु विच सम्बन्ध राम्रो होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।सधै जसो काममा व्यस्त हुने दिदिबहिनीहरुलाई एक ठाउँमा भेला गरेर रमाईलो गर्न पाउदा निकै खुशि लागेको समाजिक परिचालक हरिमाया गिरीले व्यक्त गरिन । विगतका बर्षमा दरखाने कार्यक्रम आ–आफ्नो घरमा परिवारसँग मात्र हुने गथ्र्यो तर यस पटक सबै मिलेर मनाउदा एकताको अनुभव भएको उनले बताईन् ।
उक्त कार्यक्रममा निर्मलपोखरी गविसका सहायक मुक्तिनाथ पोख्रेल र विभिन्न क्लबका प्रतिनिधि तथा वडा नं २ का महिलाहरुको सहभागिता रहेको थियो ।
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)