चुनावमा सङ्घीयता पक्षधर र विरोधीबीच कडा टक्कर ः थापामगर

चित्रेभञ्ज्याङ (स्याङ्जा), १६ भदौ/सङ्घीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य सुरेन्द्र थापामगरले अबको चुनावमा सङ्घीयता पक्षधर र विरोधीबीच कडा टक्कर हुने बताउनुभएको छ । स्याङ्जाको चित्रेभञ्ज्याङमा आइतबार आयोजित पार्टीको गाविसस्तरीय भेलालाई सम्बोधन गर्दै नेता थापामगरले सङ्घीयता विरोधीहरूले अझैपनि जनतालाई सङ्घीयता पक्षधर हुँ भनेर भ्रम दिँदै हिँडेको आरोप लगाउनुभयो ।
सो भेलालाई नेता थापामगरसहित पार्टीका स्याङ्जा जिल्ला भेला आयोजक समितिका संयोजक दिलीप थापामगर, युवा नेता विनोद खवासमगर, स्थानीय समाजसेवी खिम रानामगर, क्या. नरेश थापामगरलगायतले सम्बोधन गर्नुभएको थियो ।
भेलाले २२ सदस्यीय गाविस्तरीय भेला आयोजक समिति निर्माण गरेको छ । संयोजक चयन नगरिकनै चयन भएका समितिका सदस्यहरूमा भीमबहादुर राना, चिन्तामणि शर्मा, दामबहादुर थापा, डम्बरसिंह राना, मनबहादुर परियार, होमबहादुर थापा, रिमबहादुर राना, चन्द्रबहादुर थापा, भुवनसिंह थापा, बेलबहादुर राना, भगवती थापा, सावित्री श्रेष्ठ, शर्मिला थापा, रिमबाबु राना, सन्तबहादुर थापा, यामबहादुर राना, गोपाल लम्साल, लीलामाया थापा, देवीसरा थापा, कुञ्जनारायण मानन्धर, रेवती थापा र अर्जुन थापा रहनुभएको छ ।
त्यसैगरी, भेलाले खडकबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय सङ्घीय युवा सङ्घको गाविसस्तरीय समिति निर्माण गरेको छ । मातृभूमि उच्च माविका भूतपूर्व प्रधानाध्यापक अमृत थापाको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मनबहादुर परियारले गर्नुभएको थियो ।
 

कमेन्टहरु
Loading...