पोखरा, १२ माघ । पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी माविले स्थापनाको २५ औँ रजत महोत्सव मनाउने क्रममा शुक्रवार रमाइलो मेला एवम् निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले उद्घाटन गरेका थिए ।पौडेलले रजत महोत्सव सफलताको कामना गर्दै निजी विद्यालयको रूपमा संञ्चालित फिस्टेल एकेडेमीले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गरे ।मेलामा विद्यार्थीले तयार पारेका विविध शैक्षिक सामाग्रीहरू, मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले गीत, संगित, नृत्य लगाएतका मनोरञ्जनात्मक साँस्कृतिक कार्र्यक्रमहरू प्रस्तुत गरेका थिए ।
त्यस्तै स्वास्थ्य परिक्षणमा शिक्षक, अभिभावक र विद्यार्थीहरू गरी करिब तीन सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण एवम् परामर्श सेवा प्रदान गरिएकोे थियो ।स्वास्थ्य परिक्षण कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखरा र विद्यालयका पूर्व बिद्यार्थीहरु डा हरि शर्मा , डा. एरिका रानाभाट लगायतले प्राविधिक सहयोग गरेका थिए ।त्यसअवसरमा पूर्व बिद्यार्थी विश्वराज शर्माको अध्यक्षतामा १७ सदस्यीय फिस्टेल पूर्व विद्यार्थी मंच तदर्थ समिति समेत गठन गरिएको छ ।
यस अघि सो विद्यालयले रजत महोत्सवको अवसरमा रतmदान कार्यक्रम आयोजना गरी ७४ युनिट रगत सङ्कलन गरेको थियो भने अन्तर विद्यालय खुल्ला निबन्ध लेखन प्रतियोगिता र चित्रकला प्रतियोगिता पनि गरेको थियो ।त्यसैगरी, शैक्षिक सत्रको सुरूवातमै देवघाटधाममा तीन सय ५० जना भन्दा बढी वृद्धवृद्धालाई भोजन गराएको थियो । मादी गाउपालिका वडा न. ३ स्याँगेमा सञ्चालित विन्ध्यवासिनी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला निःशुल्क वितरण गरिएको विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले जानकारी दिए ।विद्यालयले रजत महोत्सवको मुख्य कार्यक्रम माघ १९ गते शनिवारका दिन पोखरा सभागृहमा आयोजना गर्ने छ ।