पोखरा, १६ भाद्र/काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले पाकिस्तानलाई हराएको छ । भारतले पाकिस्थानलाई पाकिस्थानले दिएको एक गोलको उपहार गोलको मद्दतले विजयी भएको हो । खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो । पाकिस्तानी कप्तान समर ईशाकको आत्मघाती गोलका कारण भारतले पहिलो हाफको १४ औं मिनेटमा अग्रता लिएको हो ।
५ पटकको साफ च्याम्पियन भारतको अहिलको टोलीमा नयाा खेलाडीको बाहुल्यता छ । भारत अघिल्लो संस्करणको बिजेता पनि हो । पाकिस्तानले दुई पटक साफ च्याम्पियनसिप आयोजना गरेको छ । तर, पाकिस्तानमा आयोजित दुवै प्रतियोगिताको उपाधि भारतले जितेको थियो ।
भारतले पाकिस्तानमाथि लगातार धावा बोलिरहेको छ । पाकिस्तान तीन पटक साफ च्याम्पियनसिपको सेमीफाईनमा पुगेर पनि उपाधि जित्नबाट भने बञ्चित छ । भारतले र पाकिस्थानले पटक पटकका प¥यास विफल भएका थिए ।
