पोखरा ,१० माघ /सेन्ज जेभियर्स कलेज काठमाण्डौका विद्यार्थीहरुले पोखराको याम्दी किनारमा रहेको सुकुम्बासी बस्तीका बासिन्दा सहित सडक वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन । सेन्ट जेभियर्स कलेज माइतीघर काठमाडौका सामाजिक कार्य विभाग अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले पोखराको याम्दीमा रहेको सुकुमबासी बस्तीका ३५ घर परिवार र पोखराका सडकमा आश्रित १५ जना सडक बालवालिकालाई ज्योकेट वितरण गरेको हो ।
जाडो वढ्दै जांदा कलेजमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडाको अभावमा जाडोमा कठ्याग्रीएर हिड्न बाध्य भएकाहरुलाई लक्षित गर्दै सुकुम्बासी बस्ती, सडक वालवालिका , चेपाङ बस्ती हरुमा न्यानो कपडा वितरण गर्दै आइरहेको न्यानो कपडा वितरण अभियानका संयोजक अंकीत पोख्रेलले वताए । न्यानो कपडा वितरण अभियान अन्तर्गत सेन्ट जेभियरका विद्यार्थीहरुले गत पुसको तेश्रो साता चितवनको चेपाङ बस्तीका पचार घरपरिवारमा ब्लाङकेट, ज्याकेट र अन्य न्यानो कपडाहरु वितरण गरिसकेको कलेजका शिक्षक साजल पौडेलले वताए ।
शिक्षक पौडेलका अनुसार विद्यार्थीहरुले विगत चार वर्षदेखी विभिन्न कार्यक्रमहरुको आयोजना गरी अर्थ संकलन गरी जाडो महिनामा न्यानो कपडा वितरण गर्दै आइरहेका छन र यो पटक पनि उनीहरुले काठमाण्डौ, चितवन र पोखरामा जाडो मौसममा न्यानो कपडा वितरण गरेका हुन । चिसो मौसम बढ्दै जांदा वृद्धवृद्धा, केटाकेटी र न्यानो कपडाको अभावमा जीवन निर्वाह गरिहरहेका हरुलाई निकै कष्टकर हुने, खोकी, दम, निमोनिया जस्ता रोगहरु लाग्न सक्ने र कतिपयको मृत्यु समेत हुन सक्ने भएकाले केही हदसम्म जीवन निर्वाहका लागी आफुहरुले प्रदान गरेको न्यानो कपडाले भुमिका खेल्न सक्ने विद्यार्थीहरुले वताएका छन ।