हिलसाइड स्कुलमा अभिमुखिकरण र उत्प्रेरणा तालिम

पोखरा, ९ माघ
पोखराको मालेपाटनमा रहेको हिलसाइड इङ्गिलिस स्कुलमा अभिमुखिकरण तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ । शुक्रबार, कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थीलाई उक्त तालिम दिइएको हो ।
विद्यार्थीहरुलाई शिक्षाको महत्वका बारेमा उत्प्रेरणा दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख हरि बहादुर कार्की प्रमुख उपस्थिती रहेको थियो । यस्तै, सहायक प्रमुख सन्तोष लामिछाने, विद्यालय इन्चार्ज विष्णु हमाल, संस्थापक नारायण प्रसाद भण्डारी तथा लेखा प्रमुख आरति सुवेदीको उपस्थिती रहेको थियो ।
स्थापना वर्षमै ३ सय भन्दा बढी विद्यार्थीहरुलाई प्रविधि मैत्री शिक्षा दिन सकेको विद्यालयका प्राचार्य लिला प्रसाद पराजुलीले बताएका थिए ।

कमेन्टहरु
Loading...