एगाको दशौ साधारण सभा सम्पन्न

पोखरा १६ भदौ– ईम्ब्रोईडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा) पोखराको दशौ बार्षिका साधारण सभा शनिवार राती सम्पन्न भएको छ । सस्थाले विभिन्न तस्बिर टिसर्टलगायका कपडामा ईम्ब्रोईडरी गरी (बुट्टा भरी) वा छपाई गरी विश्व पर्यटन बजारमा नेपाल नेपालीको पहिचान बनाउन सफल घरेलु तानबाट उत्पादित कपडालाई पर्यटकको चाहना र रुची अनुसारका आकार र प्रकार दिई नेपालीपन झल्काई बिक्री गर्दै आएको छ । 
पर्यटकीय गाउ“ ल्वाङघलेलको ल्वाङमा आयोजित साधारण सभाले सचिव छन्द धरेल र कोषाध्याक्ष शंकर भट्टराईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्नुकासाथै संस्थाको भावि कार्यक्रम सर्बसम्मतरुपमा पारित गरेको थियो । साधारण सभाको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले एगाको प्रयासमा बिश्व पर्यटन बजारमा पोखराको प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभयो । उहा“ले गुणात्मक उत्पादनमा ध्यान दिन सम्बन्धित ब्यवसायीसमक्ष अनुरोध गर्नुभयो ।
विशिष्ट अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईरालाले पर्यटन क्षेत्रमा गार्मेन्ट ब्यवसाय सफल भएको बताए । एगा अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा एगा पुर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का महासचिव चिरन्जीवि पोखरेल, टानका अध्यक्ष नारायण सापकोटा, पश्चिमाञ्चल होटल संघका महासचिव लक्ष्मण सुबेदी, टे«किङ ईक्विपमेन्ट सप एशोसियशन टेसाका पुर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका कोषाध्याक्ष रामु गौतमले शुभकामना मन्तब्य दिनुभएको थियो ।
सचिव छन्द धरेलले विभिन्न १० वटा रचनात्मक भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा उत्कृष्ट पसल सजावटमा झलकलाल श्रेष्ठ र बिशेष सहयोगी प्रतापबहादुर कार्की र बैकुन्ठ भन्डारीलाई सम्मान गरिएको थियो । ७० सदस्य रहेको संस्थामा दशौ साधारण सभाका अवसरमा शनिवार ६ नया“ सदस्य थपिएर ७६ पुगेका छन ।

कमेन्टहरु
Loading...