पोखरा, ६ माघ / जापानमा यु १२ कोपापुमा टोरेरस अन्तराष्ट्रिय प्रतियोगिताको लागि पोखरामा दोस्रो चरणमा ५० जना खेलाडीलाई छनोट गरिएको छ । पहिलो चरणबाट १०५ जना खेलाडी छनोट गरी प्रशिक्षणरत खेलाडीबाट ती खेलाडी छनोट गरिएको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।
नेपालको प्रतिनिधित्व गराउने लक्ष्य सहित नेपाल अधिराज्यव्यापी छनोट गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । अन्तिम छनोट पोखरा रंगशालामा हुने छ । अन्य जिल्लाबाट समेत उमेर समूहका खेलाडीलाई अन्तिम छनोटमा समावेश गरेर अन्तिम नामावली निकाल्ने उनको भनाई थियो ।
‘अन्तिम नामावलीको लागि जापानबाटै बसन्त गौचनसहितको टोली पोखरा आउने छ ।’ उनले भने—‘त्यसपछि उहाँहरुले छनोट गरेर नेपाली टिमको फाईनल हुने छ । बन्द प्रशिक्षणपछि जापान लैजाने छन् ।’
यु १२ टोली चौथो पटक जापान जाने छ । नेपाली फुटबल खेलाडीलाई अन्तराष्ट्रिय प्लेटफर्म बनाउनको लागि पनि गौचनको यो अभियान प्रभावकारी हुने एएफसी ए लाईसेन्सप्राप्त प्रशिक्षक तामाङले सुनाए ।
अन्तिम नामावलीसगै आवश्यक कागजपत्र मिलाउन फनरुट्स एकेडेमीका प्रशिक्षक नेपालका पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन नेपाल आउने उनको भनाई छ । कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा नेपालसँगै कोरिया, जर्मन, मेक्सिको, इरान, डर्टमुण्ड लगायतका देशबाट सहभागिता रहने छ । गौचनको अभियानलाई युवा व्यवसायी प्रकाश तुलाचनले सहयोगी भूमिका खेल्दै आएका छन् ।