कोकाकोला फुटबल प्रतियोगिता अन्र्तगत क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा,१६ भदौ/पश्चिम क्षेत्रीय प्रहरी गण पार्दीमा जारी पश्चिमाञ्चल क्षेत्रिय कोकाकोला अन्त्तर विद्यालय छात्र÷छात्रा छनोट फुटबल प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनलका चार खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा जन विकास मा.बि लम्जुङले स्कलर्स होम बोडिङ रुपन्देहीलाई १–० गोलको कठिन जित निकाल्दै सेमिफाइलनको यात्रा पक्का गरेको छ । जनविकासको जितमा पूर्णबहादुर गुरुङले खेलको ५० औ मिनेटमा निर्णयक गोल गदै सेमिफाइनलको यात्रा निश्चित बनाएका हुन् ।
दोस्रो खेलमा पोखराको लामाचौरस्थित गण्डकी बोडिङ स्कुलले श्री भवानी उच्च मा.वि गोर्खालाई सडन डेथमा ५–४ गोल अन्र्तरले पराजित गदै सेमिफाइलन प्रवेश गरेको छ । निर्धारित खेल गोल रहित वरावरीमा सकिएपछि खेल निणायार्थ सडन डेथमा पुगेको थियो । गण्डकीका लागी निरज बराल, विनेस कार्की, सौगात थापा र सरद कार्कीले गोल गदै सेमिफाइनलको यात्रा पक्का बनाए ।
तेस्रो खेलमा भु.पु. सैनिक उच्च मा.बि स्याङजाले खैरेनी उच्च मावि तनहुँलाई २–० गोल अन्र्तरले पाखा लगाउदै अन्तिम चारमा आफनो स्थान पक्का गरेको छ । भुपु सैनिकका लागी अजित डिमियाले खेलको २० र ३९ औ मिनेटमा गोल गदै सेमिफाइनल प्रवेश निश्चित बनाए । चौथो खेलमा न्यू होराइजन रुपन्देहीले न्यू एभरेष्ट बाग्लुङलाई ३–० गोल अन्र्तरले पराजित गदै अन्तिम चारमा प्रवेश गरेको छ । न्यू होराइजनको जितमा जितेश गुरुङले ९ र २६ औ मिनेटमा गोल गरे भने एलेन गुरुङले ४४ औ मिनेटमा गोल गदै सेमिफाइनल यात्रा सुनिश्चित गरे ।
प्रंतियोगिता अन्र्तगत सोमबार पहिलो सेमिफाइनल खेल गण्डकी बोडिङ स्कुल र जन विकास मावि लम्जुङ विच हुने छ भने दोस्रो खेल भू.पू शैनिक उच्च मावि स्याङ र न्यू होराइजन रुपन्देही विच हुने छ । त्यस्तै प्रतियोगिता अन्र्तगत छात्रा तर्फको पहिलो सेमिफाइनलमा टप्स उच्च मावि पोखरा र रुपन्देही विच हुने छ भने अर्को खेल गण्डकी र नवलपरासी विच हुने एन्फा कास्कीले जनाएको छ ।
भदौ १८ गते सम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चलका नौ जिल्लाका छात्र ११ र छात्रा ४ टिम गरि १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
 

कमेन्टहरु
Loading...