पोखरा, ३ माघ /पप गायक सबिन राई शुक्रबार पोखरेली स्टेजमा उभिने भएका छन् । खुकुरी रमले उनलाई पोखरेली स्टेजमा उभ्याउने भएको हो ।
प्याराडिसो स्पोर्टज वार एण्ड ग्रिल लेकसाइडमा उनी आफ्ना दर्जन बढी गीत लिएर उभिन लागेको लन्जबारका म्यानेजर हरी पौडेलले जानकारी दिए । शुक्रबार साझँ देखी राती सम्म चल्ने पौडेलले जानकारी दिए ।
युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवा/युवतिको उपस्थितिको अपेक्षा गरिएको रेस्टुरेन्टका सन्चालक गोपि भट्टराईले बताए ।
‘योङ्गस्टरहरुलाई टार्गेट गरेर प्रोग्रामको आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि प्रोग्राम सफल रहनेमा आशावादि छौं ।’ सबिन सँगै पार्टिमा डिजे आशिष र अन्य स्थानीय कलाकारले सविन राईलाई साथ दिने छन् । प्रबेश निःशुल्क रहेको पौडेलले बताए ।