सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईन समिकरण पुरा भएको छ । पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको क्वाटरफाईनलमा एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रबेश गरेका छन् । चारै टिमले सोझो सेटमा हराउदै सेमिफाईनलेको यात्रा तय गरेका हुन् ।

पहिलो क्वाटरफाईनल खेलमा एपीएफले आर्मीलाई २५–१५, २५–१९ र २५–१६ को सोझो सेटमा हरायो । दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३, २५–६ र २५–१७ को सोझो सेटमा हराउदै सेमिफाईनलमा एपीएफसग भेट पक्का गरेको छ । त्यसैगरि प्रदेश ३ ले प्रदेश १ लाई २५–३,२५–१४ र २५–१० को सोझो सेटमा हरायो । नेपाल पुलिसले प्रदेश २ लाई २५–१४,२५–१४ र २५–१२ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रदेश ३ सगँ भेट पक्का ग¥यो ।

लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...