पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आर्मीलाई हराउदै शसस्त्र प्रहरीको एपिएफल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । उपाधिको दावेदार एपीएफले सेमिफाईनल प्रवेशको लागि आर्मीलाई ३-० को सोझो सेटमा हरायो ।
आर्मीलाई एपिएफले २५ -१५, २५ -१९ र २५ -१७ मा हरायो । आजनै प्रदेश नं ५ र गण्डकी प्रदेश सेमिफाइलन प्रबेशका लागि खेलीरहेका छन् । तेस्रो खेल प्रदेश नं ३ ले प्रदेश नं १ को सामना गर्दा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नं २ को सामना गर्नेछ ।
लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।