सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्र्वाटरफाईनल समीकरण पुरा

पोखरा, २ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्र्वाटरफाईनल समीकरण पुरा भएको छ । उपाधिको दावेदार एपीएफले सेमिफाईनल प्रवेशको लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा हुने छ ।

बिहीबार हुने दोस्रो खेलमा प्रदेश नं. ५ र गण्डकी प्रदेशको सामना गर्नेछ । तेस्रो क्वार्टफाइनलमा प्रदेश नं. ३ ले प्रदेश नं. १ को सामना गर्दा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नं. २ को सामना गर्नेछ ।

समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन् । प्रतियोगितामा एपिएफ समूह ‘ए’ बाट र प्रदेश नं ५ समूह ‘बी’ बाट समूह विजेताको रुपमा क्वार्टरफाइलन प्रवेश गरेका हुन् । यस अघि मंगलबार समूह ‘सी’ बाट र समूह ‘डी’ बाट क्वार्टर फाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको थियो ।

लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...