कास्कीको तातोपानी खारापानीमा माघे संक्रान्ति मेला हुने

पोखरा, ३० पुस / कास्कीको माछापुच्छे गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने तातोपानी खारापानीको माघे संक्रान्ति मेला हुने भएको छ । २०६९ साल बैशाख २३ सेती नदीमा आएको बाढी पछि पहिलो पटक माघे संक्रान्ति मेला हुन लागेको हो ।

सयपत्री यूवा क्लबको आयोजनामा हुन लागेको मेला माघ ५ गते सम्म सञ्चालन हुने सयपत्री यूवा क्लबका संस्थापक अध्यक्ष गुञ्जमान गुरुङले जानकारी दिए । तातोपानी कुण्ड सञ्चालनमा आए पछि पोखराबाट दिनहुँ जाने मानिसहरु जाने गरेको वडा नम्बर १ का वडा अध्यष विक्रम गुरुङले जानकारी दिए ।

उनले तातोपानी कुण्डलाई संरक्षणका लागि गाउँपालिकाबाटै योजना बनाए छिटै डिपिआर बनाउने बताए । तातोपानी कुण्ड पुर्ननिर्माण समितिका अध्यक्ष बम्बबहादुर गुरुङले सरकारी योजना नहुदाँ तातोपानी कुण्डलाई अझ विकास गर्न नसकेको बताए ।

मेलामा गाउँ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स भलिबल, ठेलो हान्ने प्रतियोगिता र सास्कृतीक कार्यक्रम हुने छन् । २६ औ सस्करणको मेला आयोजना गर्न करिब ७ लाख आम्दानी र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

तातोपानी खारापानी
तातोपानी खारापानी
कमेन्टहरु
Loading...