पोखरा, ३० पुस /उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं स्थापना दिवसको अबसर पारेर आईतबार एक कार्यक्रमको आयोजना गरी कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई भान्साका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।कार्यक्रममा सहकारीका अध्यक्ष योगराज पौडेल र प्रमुख अतिथी अग्रज पत्रकार नारायण कार्कीले कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका अध्यक्ष दुर्गा गौतम र सचिब तिलकशाली अधिकारीलाई भान्साका सामाग्री हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं अग्रज पत्रकार कार्कीले बृद्ध बुबा आमा बृद्धाश्रम जानुपर्ने दिनको अन्त्य हुनुपर्नेमा जोड दिदै असाय जेष्ठ नागरिकको सेवामा कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमले पुर्याएको योगदान सह्रानिय रहेको बताए ।भर्खरै आएको नयाँ ब्यवस्थाले अब छोराछोरीले आफ्नो कमाईको १० प्रतिशत बुबाआमाको नाममा जम्मा गर्नुपर्ने भएकोले यो ब्यवस्था लागु हुनसके बृद्ध अवस्थामा बुबा आमा बृद्दाश्रम जानु नपर्ने उनको भनाई थियो ।

कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका सचिब तिलकशाली अधिकारीले २०३९ सालमा स्थापना भएर पनि ओझेलमा परेको यस आश्रमलाई सहयोग गरेकोमा सहकारीलाई धन्यवात दिदैं आगमी दिनमा पनि सहयोगको केही अंश आफुहरुलाई छुट्टाईदिन आग्रह गरे । सहकारी संस्थाका अध्यक्ष योगराज पौडेलले सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामजिक क्षेत्रमा केही गर्नुपर्छ भनेर बृद्धाश्रम रोजेको भन्दै सहरबाट केही टाढा रहेको र ओझेलमा परेको बृद्धाश्रमलाई सहयोग गर्न पाँउदा खुसी लागेको बताए । उनले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका कोषाध्यक्ष इन्दिरा बराल, कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका सदस्य एवं समाजसेबी महेश्वर पाण्डे लगायतले बोलेका थिए । सहकारी संस्थाका सचिब एवं कार्यक्रम संयोजक नरेन्द्र बास्तोलाले स्वागत गरेको कार्यक्रमको संचालन सहकारीको ऋृण लगानी उप समितीका सदस्य कृष्ण आचार्यले गरेका थिए । कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रममा अहिले ६ जना महिला र २ जना पुरुष गरि ८ जना जेष्ठ नागरिकले आश्रय लिईरहेको आश्रमले जनाएको छ ।
