फागुनमा भद्रकाली माविमा जुनियर रेडक्रस राष्ट्रिय युवा गोष्ठी हुने

पोखरा, ३० पुस/पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माविको परिसरमा फागुन १० र ११ गते ३९ औ राष्ट्रिय जुनियर युवा गोष्ठी हुने छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना र नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली माविको व्यवस्थापकमा सो गोष्ठी हुन लागेको हो ।

रेडक्रसले प्रदान गर्ने सेवाहरुको प्रभावकारी रुपमा लाभन्वित समूहसमम्म पु¥याउन रेडक्रस सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले दुई दिने गोष्ठी गर्न लागिएको हो । गोष्ठीमा केन्द्रका पदाधिकारी, केन्द्रीय जुनियर तथा युवा रेडक्रस समितिका पदाधिकारी,सदस्यहरु, कार्यकारी निर्देशक, आइसीआरसी, साझेदार सोसाइटीका प्रतिनिधीहरु ल्गायतको सहभागीता रहने छ ।

त्यसैगरी ७७ जिल्लावाट जुनियर तथा युवा रेडक्रस समितिका संयोजक वा अनुभवी शिक्षक नयाक मध्यबाट १ जना र २ जना छात्र वा छात्रा गरी तीन जनाको सहभागीता हुने आइतवार भएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको हो । गोष्ठीले वडा न १३ का प्राकृतिक सम्पदाहरुको चर्चा गर्ने ठुलो सहयोग पुग्ने वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले वताए ।

रेडक्रसमा लाग्नाले सेवा गर्ने भावनको विकास भई राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने वडा अध्यक्ष लामाले भने । गोष्ठी भव्य र सव्य बनाउनको लागि वडाको तर्फवाट सहयोग गर्न तयार रहेको अध्यक्ष लामाले बचनबद्धता गरे । दुईदिने गोष्ठी सम्पन्न गर्नको लागि भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष प्रा।तारा बरालको संयोजकमा कार्य सम्पादन मूल समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा क्रमश लोकवहादुर कार्की, टंकप्रसाद भट्टराई, बजिरमान श्रेष्ठ, बृजमान गुरुङ, शिव कुमार भट्टराई, जमुना श्रेष्ठ, संझना कार्की, देवराज वराल, टेकनाथ वराल, राजेन्द्र भण्डारी र शोभाकान्त सिग्देल रहेका छन् । त्यसैगरी कास्की रेडक्रस शाखावाट सूर्य प्रसाद ढकाल, दण्डराज शर्मा, राजेश घिमिरे, खेमराज सापकोटा, र झक प्रधान छन् ।

भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष प्रा। तारा वरालको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज शर्मा, प्राथमिक उपचार समितिका संयोजक राजेश घिमिरे लगायत बोलेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले स्वागत र नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माविका शिक्षक नायक झक प्रधानले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...