गण्डकी टेक्टर व्यवसायी समितिको अध्यक्षमा के.सी

पोखरा, १६ भदौं /गण्डकी टेक्टर व्यवसायी समितिको शनिवार पोखरामा १२ औं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पदमवहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा भरत गिरी, उपाध्यक्षमा सन्तोष सिग्देल, सचिवमा डम्बरराज ढकाल र कोषाध्यक्ष्ँमा काशीनाथ लामिछाने र सहकोषाध्यक्ष्ँमा नारायण कोईराला रहेका छन् । सदस्यहरुमा गोपालप्रसाद पौडेल, विश्वराज तिवारी, गंगावहादुर केसी, अर्जुनकुमार श्रेष्ठ र उदयवहादुर थापा रहेका छन् । त्यस्तै अधिवेशनले दुई जनाको दुर्घटना उपसमिति पनि गठन गरेको छ । जस्मा सन्तोष सिग्देल र अर्जुन पंगेनी रहेका छन् ।
कार्यक्रममा इमँन्दार दुई जना टे«क्टर चालकहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा शंकर थारु र ललित लामा रहेका छन् । उनीहरुलाई प्रमुख अतिथी गण्डकी धौलागिरी अञ्चल सार्वजनीक यातायात व्यवासायी समन्वय समिति, अध्यक्ष बसन्त प्रधानले प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथी प्रधानले सामाजिक उतरदायित्व बहन गरेर ट्रेक्टर चालक तथा व्यवासायीहरुले काम गर्न सुझाव दिए । ‘पोखराको वातावरण बचाउन सम्पुर्ण यातायात व्यवासायीहरु र चालकहरु एकजुट भएर लाग्नुपर्छ –‘ यसका लागि हामीहरुले यातायात सुधार व्यवस्थापन प्रतिवेदन ल्याएका छौं ।’ उनले सम्पुर्ण यातायात व्यवासायी, मजदुर र यात्रीहरुको हकहितमा काम गर्ने पनि प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा यातायात मजुदर संघका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायीहरु र सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा सहभागिले कृषि प्रयोजनका लागि भित्रिएको ट्रेक्टर चालक तथा सहचालकहरुलाई नियूति पत्र तथा वीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । ट्रक्टर उपयोगि साधन भएको बताउदै गण्डकी टे«क्टर व्यवसायी समिति पूर्व अध्यक्ष गोकर्ण कार्कीले ग्रामिण क्षेत्रमा सुत्केरी महिलाहरुलाई अस्पताल लैजान एम्बुलेन्सको काम गरेका बताए । त्यस्तै नेपाल राष्ट्रिय यातायात महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारीले वीमा पोलिसीलाई लागु गर्न एकजुट भएर लाग्न मजदुरहरुलाई आग्रह गरे ।
अधिवेसनमा सचिव पुण्य प्रसाद बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १४ लाख ३५ हजार सात सय आम्दानी र ११ लाख ४६ हजार दुई सय खर्च भएको जानकारी दिर्दै दुई लाख ८८ हजार चार सय बचत भएको बताए । समितिले दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक काम गर्र्न, प्रत्येक सवारी साधनमा वीमाको व्यवस्था गर्ने, चालक तथा सहचालकको वीमाको व्यवस्था गर्ने र व्यवासायी तथा मजदुरका छोराछोरीलाई पुरस्कार दिने नीतिलाई पनि कायन्वयन गर्ने योजना बनाएको छ । गण्डकी टेक्टर व्यवसायी समितिका कुल प्रसाद अधिकारीलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका गण्डकीका सह संयोजक महाप्रसाद सुवेदी, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष झम्कनाथ पौडेल, गण्डकी ट्रक व्यवसायी समितिका महासचिव डिल्लीराम भटराई लगाएतले बोलेका थिए । समितिका निवर्तमान सचिव पुण्य प्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदमवहादुर केसीले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...