महायज्ञलाई सफल बनाउन विभिन्न उपसमितिहरुको बैठक

पोखरा , १६ भदौ/श्रीकृष्ण मा.वि. मासबार पोखरा–७ को सर्वाङगीण विकासको लागि आयोजित श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सफल बनाउनको लागि विभिन्न उपसमितिहरुको बैठक शनिबार सम्पन्न भएको छ ।
उक्त महायज्ञ सफल बनाउन विभिन्न ५५ वटा समितिहरु गठन भएका छन् र आ–आफ्नो समितिको बैठक बसी महायज्ञ सmल बनाउन पहल गर्ने निर्णय गरेका छन् । यसै क्रममा शनिबार बिहान युवा परिचालन उपसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा युवाहरुका तर्फबाट सक्रिय रुपमा महायज्ञलाई सफल बनाउन पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै युवाहरुको विस्तृत भेला र बढी भन्दा बढी युवाहरुलाई समेट्ने निर्णय गरिएको छ । साथै भेलाले महायज्ञलाई सफल पार्न शनिबारदेखि नै युवाहरुले भजनकिर्तन अभ्यास गर्ने भएका छन् । बैठक युवा परिचालन उपसमितिका संयोजक किशोर बरालको अध्यक्षतामाा सम्पन्न भएको थियो ।
यसैगरी स्मारिका प्रकाशन समितिको संयोजक डा.उमानाथ बरालको अधयक्षतामा बसेको बैठकले महायज्ञलाई सफल बनाउन आफ्नो तर्फबाट सक्रिय रुपमा सहयोग पु¥याउने व्यक्त गरियो । साथै विद्यालयको इतिहास, विकास र गतिविधि लगायत महायज्ञको गतिविधि र झलकहरु समेट्ने गरी स्मारिका प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रवाह उपसमिति संयोजक हेमराज बरालले जानकारी दिनुभयो । महायज्ञ यही भाद्र २७ गते देखि असोज ३ गतेसम्म श्रीकृष्ण मा.वि. पोखरा–७, मासबारको प्रा·णमा हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...