धनाढ्यको इतिहासकै महँगो डिभोर्स

एजेन्सी, २८ पुस / संसारकै धनाढ्य एक जोडीको वैबाहिक सम्बन्धले बिट मार्न लागेको खबरले हल्लीचल्ली छ । धनाढ्य जेफ बेजोसले म्याक केन्जीसँगको २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याउने निर्णयले विश्व कै महँगो डिभोर्सका रुपमा चर्चामा छ ।

अमाजोन डटकमका सिइओ तथा संस्थापक जेफले बुधबार ट्विटरमार्फत डिभोर्सको निर्णय लिन लागेको सार्वजनिक गरेका थिए । वासिङ्टन राज्यको साझा सम्पत्ति सम्बन्धी कानुनअनुसार डिभोर्सपछि बेजोस दम्पतीको सम्पत्ति दुई भाग लाग्नेछ ।

म्याकले ६९ दशमलव ५ बिलियन (६९ अर्ब ५ करोड) डलर पाउनेछिन्, जुन बेलायती महारानीसँग रहेको सम्पत्तिभन्दा सय गुनाले बढी हो । यससँगै उनी संसारका धनाढ्यहरूको सूचीमा चौथो स्थानमा पर्दै धनी महिलाको सूचीमा पहिलो स्थानमा पुग्ने छिन् ।

सम्पत्ति भागबन्डाको असर बेजोसलाई भने महँगो पर्नेछ । उनी संसारका धनाढ्यहरूको सूचीमा पहिलो स्थानबाट झरेर चौथो स्थानमा पुग्न सक्छन् । उनीहरूको सम्पत्तिको भागवण्डा औपचारिक रुपमा भइसकेको छैन ।

कमेन्टहरु
Loading...