शहिदको सपनामा कुठराघात भयो ः शहिद परिवार

पोखरा, १६ भदौ /नेपालमा भएका बिभिन्न खाले आन्दोृलनमा देशको निम्ती ज्यान गुमाएकाहरु को सपनामा कुठराघात भएको पोखरामा आयोजना गरिएको एक कार्यक्रममा शहिदपरिबारहरुले गुनासो गरका छन । माओबादी जनयुद्धको बेला शहादत प्रात्त शहिद हेममणि शिंखडाको श्रद्धान्जली सभामा उनकी आमा राधिका सिंखडाले आफ्नो परिबारका दुईजना सदस्यले देशको परिबर्तनको लागि बगाएको रगत सुकेर जान लागेको भन्दै भाबुक ुमुद्रामा चिन्ता प्रकट गरिन ।
आफुहरुले चाहेको भए ।राम्रो महल बनाएर शुखसयल गर्न सक्ने अबस्था थियो तर देशमा सबै जनताले शुख र शान्ति पाउनुपर्छ भनेर छोरा र श्रीमानले रगत बगाएको उनको भनाई थियो । सिमित केही मान्छेहरुलाई मन्त्री बनाउनको लागि नभएको देशमा सान्मन्ती ब्यबस्थाको समुल नष्ट गर्ने शहिदको सपना बर्तमान राजनितिक दलहरुले कुठराघात गरेको शिंखडाले गुनासो गरिन । कार्यक्रममा शहिद पत्नी राधा सापकोटाले जनताको मुक्तको लागि गरिएको संघर्श सम्झौतामा टुंगिएको मा दुख लागेको बताईन । नेकपा– माओबादी तमुुवान राज्य समिती ईन्चार्ज श्रीनाथ अधिकारी श्यामले शहिदको रगतको म्याण्डेट अनुसार देश नचलेकोले यो समग्र प्रकृयामा माओबादी असन्तुष्टी रहेको जिकीर गरे ।
शहिदको सपना पुरा हुने ग्यारेन्टी नभए सम्मपार्टीले संझौता नगर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं ९ का सचिब लोकदर्शन कोईराला , वडा समन्वय समितीका उपाध्यक्ष उत्तम जोशी ले मन्तब्य राखेका थिए । २०४० सालमा जन्मेका शहिद सिंखडा माओबादी जनयुद्धको बेला लमजुङ्गको पसगाउमा तत्कालिन शाहि नेपाली सेनाले २०६० साल भाद्र १६ गते सामुहीक हत्या गरेको थियो । सिंखडा तत्कालिन अखिल क्रान्तिकारी लमजुङ्ग जिल्ला सचिब थिए । साही स्थानमा सेनाले ११ जनाको सामुहिक हत्या गरेको थियो ।

कमेन्टहरु
Loading...