टेनिसमा विदेशी खेलाडी थोमसको विजयी शुरुवात

पोखरा, २८ पुस /लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विदेशी खेलाडी थोमसले विजयी शुरुवात गरेका छन् ।

जर्मनी खेलाडी थोमसले पोखराका राजेन्द्र घिमिरेमाथि ६–१, ६–१ को जित दर्ता गराउँदै प्रतियोगितामा आफ्नों बलियो दावेदारी समेत प्रस्तुत गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न अन्य खेलहरुमा सुनिल श्रेष्ठले विष्णु गुरुङ्गलाई ६–४, ६–१ ले, हुम आलेले शम्भु गुरुङ्गलाई ६–२, ४–६ र सुपरटाईमा १०–७ ले पराजित गरे ।

त्यस्तै विकास गुरुङ्गले प्रकाश वाग्लेलाई ६–१, ६–३ ले, डिएस लामिछानेले लोक गुरुङ्गलाई ६–३, ६–४ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाएका छन् ।

कमेन्टहरु
Loading...