पोखरा, २६ पुस /पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ ।
अन्दाजी ४५ बर्षको पुरूष शव फेला परेका प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी पुगेर घटनाको छानविन गरिरहेको जानकारी दिएको छ । मृतको नाम थर ठेगना नखुलेका प्रहरीको भनाई छ ।