स्याङ्गजाली सम्पर्क सदनको शुभकामना आदान प्रदान

पोखरा, १५ श्रावण/स्याङ्गजाली सम्पर्क सदन पोखराले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको आवसर पारेर आज शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ “विकृतिलाई तिरस्कार गरौं, संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ सदनको आफ्नै भवन छोरेपाटनमा भएको कार्यक्रममा सदनका अध्यक्ष देवी अर्याल, सल्लाहकार राम प्रसाद श्रेष्ठ, महेन्द्र प्रकाश पौड्याल, डा. दिल वहादुर क्षेत्री लगाएतका वक्ताहरुले नेपाली संस्कृतिको जगेर्ना गर्ने तर्फ सोंच्नुपर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रमको संयोजक लालिमायाँ रेग्मीको अध्यक्षता र सदनका सल्लाहकार वद्री आचार्यको व्यवस्थापनमा भएको कार्यक्रममा करिव ५०० जना स्याङ्गजाली चेलीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सदनका सचिव टेक नारायण पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...