बागलुङ समाज पोखरा सहकारीको अध्यक्षमा श्रेष्ठ

पोखरा, १५ भदौ/बागलुङ जिल्लाबाट स्थायी तथा अस्थायी रुपमा पोखरामा बस्दै आएका बागलुङ्गेहरुको सहकारी संस्था बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न प्रारम्भिक भेलाले सुयसप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा भानुभक्त शर्मा कंडेल, सचिबमा आनन्दमणि रिजाल र कोषाध्यक्ष बिष्णुकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा शान्ता गिरी, श्रबणलाल जोशि, जयबहादुर क्षेत्रि, भीमबहादुर श्रीष र चन्द्रकली मगर रहेका छन् । सहकारीको ऋण उपसमिति संयोजकमा भानुभक्त शर्मा कंडेल सदस्यरुहमा बालकृष्ण निउरे र लक्ष्मी आचार्य तथा लेखा समितिको संयोजकमा अमृतलाल श्रेष्ठ सदस्यहरुमा बिष्णु पौडेल र सिता खड्का रहेका छन् ।
सबै बागलुङ्गेहरुलाई समेटेर खोलिएको सहकारीले आर्थीक सुधारको लागि भुमिका खेल्ने सचिव रिजालले बताए । प्रारम्भिक साधारणसभामा मातृभुमि सहकारी संस्थाका अध्यक्ष श्रीकान्त शर्मा खतिवडा लगायतले बोलेका थिए । सहकारीमा हाल २ सय १३ जना शेयर सदस्य रहेका छन् भने २१ लाख ३० हजार शेयर पुंजी रहेको सहकारीका सदस्य शान्ता गिरीले जानकारी दिईन ।

कमेन्टहरु
Loading...