साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

2
पोखरा, १५ भाद्र
काठमाडौंमा सुरु भएको आठौं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाले सुखद् सुरुवात गरेको छ । बंगलादेशविरुद्ध भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २ शुन्य गोले हराउदै सुखद् शुरुवात गरेको छ । काठमाडौ ६ महिना पहिले भएको खेलको बदला लिदै नेपालले विजयी शुरुवात गरेको हो ।
anil2नेपालका लागि १७ औं मिनेटमा अनिल गुरुङ र ३१ औं मिनेटमा भरत खवासले गोल गरे । रंगशालामा उपस्थित झन्डै २० हजार नेपाली दर्शक टोलीको यो अग्रताले खुशी छन् । दोस्रो हाफमा पनि नेपालले तीनवटा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । अनिल र भरतले यो सगै अन्तराष्ट्रिय गोलको संख्या आठ आठ गोल पुगेको छ । आजको खेलबाट प्रकाश बुढाथोकिले डेव्यु गरेका छन् ।
 

कमेन्टहरु
Loading...