वाइडबडी खरीद प्रकरणको सत्य पत्ता लगाउन उच्चस्तरीय आयोग गठन –उपप्रधानमन्त्री पोखरेल

पोखरा, २१ पुस /उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरीद प्रकरणको सत्य तथ्य बाहिर ल्याउन सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् ।

नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा योजना गरेको कार्यक्रममा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पत्ता लगाउन आयोग गठन गरिएको बताए ।

उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
उनले निर्मलाका हत्यारालाई पक्राउ गरेरै छाड्ने बताए ।

सरकार घटनाको छानविनका लागि रहेको छ सत्य तथ्य सहित हत्यारालाई ढिलो चाडो पक्राउ गरेरै छाड्ने बताए । रेशम चौधरीको शपथ ग्रहणका बारेमा जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उलेल्ख गरे ।

उनले पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्त सम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताले रुप लिने बताए ।

कमेन्टहरु
Loading...