पोखरा, १५ भाद्र/काठमाडौंमा सुरु भएको आठौं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाले सुखद् सुरुवात गरेको छ । बंगलादेशविरुद्ध भएको उद्घाटन खेलको पहिलो हाफ सम्ममा नेपालले २ गोलको अग्रता लिएको छ ।
नेपालका लागि १७ औं मिनेटमा अनिल गुरुङ र ३१ औं मिनेटमा भरत खवासले गोल गरे । रंगशालामा उपस्थित झन्डै २० हजार नेपाली दर्शक टोलीको यो अग्रताले खुशी छन् । अहिले खेलको दोसो हाफ शुरु भएको छ ।
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)