पोखराको चरक मेमोरियलका डाक्टरहरु बिच हानाहान

पोखरा, १९ पुस/ पोखराको पृथ्वीचोक नजिकै रहेको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत डा.ऋषिराम ढकाललाई सञ्चालकले कुटिएका छन् । अस्पतालका सेयर सदस्यहरु रामचन्द्र रेग्मीले बुधबार जनरल सर्जन डा ढकाललाई कुटेका हुन् । डा. ऋषिरामलाई कुटेको अभियोगमा बुधबार रामचन्द्र रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

अस्पताल भित्रकै कुरा हो हामी मिलिसके भने पछि छाडेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए । संस्थाको बैठक बसी कुरा मिलाउने दुवै पक्षले प्रतिवद्धता जनाएकाले बिहीबार बिहान उनीहरुलाई छाडिएको बताए । पोखराको नागढुंगामा अत्याधुनिक भवन बनाइरहेको चरकमा केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ ।

बुधबार पार्किङको बाहानामा डा. ढकाललाई पिटिए पनि मुख्य कारण भने अरु नै रहेको स्रोत बनाउँछ । चरकमा रामचन्द्रले फार्मेसी, कपिल पोखरेलले ल्याब सञ्चालन गरिरहेका छन् । नयाँ भवनमा अस्पताल सरेपछि फार्मेसी, ल्याब, एक्सरे आदि अस्पतालले नै सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका ११ सञ्चालक छन् ।

रामचन्द्र, कपिल र डा. बद्रि पौडेल भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । ल्याब, फार्मेसी, एक्सरे आदिबाट हुने ठूलो कमाइमा कुरा नमिल्दा यो घटना भएको हो । अस्पतालका अध्यक्ष जगन्नाथ गौतमले परिवार भित्र कै छलफल भएको बताए । उनले बिहीबार बोड बैठक राखेर समस्याको समाधान निकाल्न लागेको बताए ।

हालै भएको अस्पतालको विशेष साधारणसभामा सञ्चालकहरु बिभाजित भएपछि जगन्नाथ गौतम अध्यक्ष चुनिएका थिए । यसअघि डा. बद्रि पौडेल अस्पतालका अध्यक्ष थिए ।

कमेन्टहरु
Loading...