मुक्तिनाथ विकास बैंक १३ वर्षमा, क्यानस सर्पोट ग्रुपलाई सहयोग

पोखरा, १८ पुस /मुक्तिनाथ विकास बैंक १३ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम मुक्तिनाथ विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैर नाफा मूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई ५० हजार रुपैया सहयोग गरेको छ ।

सहयोग रकमको चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठलाई बैंकले प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।

कमेन्टहरु
Loading...