पोखराको हेमजामा टोपी दिवस ¥याली

हेमजा, १७ पुष/पोखरा महानगरपलिका वडा नम्बर २५ मा टोपी दिवश मनाईएको छ । ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने मुल नारा बोकोर नेपाली टोपी दिबश मनाइएको छ ।

लियो क्लब अफ हेमजाको आयोजना तथा लाइन्स क्लब अफ हेमजाको सहयोगमा हेमजाको प्रगतिचोकबाट ¥याली निकालीएको थियो । ¥याली हेमजाको प्रगतिचोकबाट सुरु भइ मिलनचोक हुदै साझाचोक, लामाचौतारासम्म पुगेर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा जागरण अभियान नेपालका अध्यक्ष संकरमणि त्रिपाठीले अब बिद्यायालयमा टाइ जस्तै गरि टोपी पनि अनिवार्य गर्नुपर्नेमा जोड दिए । नेपाली टोपीको पहिचान गाउँ गाउँमा पु¥याउनु पर्ने उनले सुनाए । ‘नेपाली पनको अभियान अघि बडाउनु पर्छ,’ उनले भने ।

कार्यक्रममा बिश्व हिन्दु महासंघ हेमजाका अध्यक्ष भिमराज अधिकारी र युवा रेडक्रस सर्कल हेमजाकी सह–सचिब अमृता अधिकारीले टोपि नेपालीको पहिचान भएको उल्लेख गरे । यस्तै सदस्य सन्तोश ढकालले नेपाली टोपीको गित गाएका थिए ।

कमेन्टहरु
Loading...