पोखरामा एक महिलाले आफैलाई जलाउने प्रयास

पोखरा, १६ पुस /पोखरा पृथ्वीचोकमा सोमबार दिउँसो करिब साढे ४ एक महिलाले आफैलाई जलाउने प्रयास गरेकी छन् ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि बाटोमा उनले मट्टीतेल खन्याएर आफूलाई आगोल लगाएकी हुन् ।

भारतीय ती महिलाको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

उनले त्यसरी आगो लगाउनुको कारण र उनको परिचय खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको छ ।

कमेन्टहरु
Loading...